बैंकिङ कसुरमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : स्वर्णीम वाग्ले

हिमाल प्रेस ९ भदौ २०८१ १७:३५ | Sunday, August 25, 2024
बैंकिङ कसुरमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउनुपर्छ : स्वर्णीम वाग्ले स्वर्णीम वाग्ले । फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका सांसद स्वार्णीम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा वाग्लेले विश्वव्यापीरूपमा नै जरिवाना गराउने मान्यता रहेको बताए।

उनले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताए। उनले जुनसुकै अपराधमा गर्दा पनि ‘ठोक्ने, जाक्ने, थुन्ने’ भन्ने खालको भाष्य समाजमा बनेकाले त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए।

‘२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ, सबैतिरबाट कसिकसाउ गर्न सकिँदैन। प्रहरी सबै ठाउँमा तैनाथ गर्न सकिँदैन, त्यसैले स्पट चेक गर्नुपर्छ,’ उनले भने, ‘दोषी पाइएमा कडाभन्दा कडा कारबाही गर्ने हो, डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो। यो सिद्धान्तलाई अन्य विकसित मुलुकहरूले लागू गरिसकेका छन्।’

प्रकाशित: ९ भदौ २०८१ १७:३५ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast