नेपालका तीर्थयात्रु चढेको बस भारतमा दुर्घटना

हिमाल प्रेस ९ भदौ २०८१ १५:०१ | Sunday, August 25, 2024
नेपालका तीर्थयात्रु चढेको बस भारतमा दुर्घटना बिहारको समस्तीपुरमा दुर्घटनामा परेको नेपाली तीर्थयात्रु सबार बस।

काठमाडौँ- नेपाली तीर्थयात्रु चढेको बस भारतको बिहार समस्तीपुरमा दुर्घटना भएको छ। बाराबाट झारखन्डस्थित बाबाधामतर्फ जाँदै गरेको बस आइतबार समस्तीपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी बसमा सबार १० जना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार समस्तीपुरस्थित अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनका अनुसार पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको हो। बसमा चालक र सहचालकसहित ४३ तीर्थयात्रु सबार थिए।

‘आज बिहान ४ बजेतर्फ पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जानकारी आएको छ,’ घिमिरेले भने,‘१० जना गम्भीर घाइते भएका छन्, अरूको अवस्था सामान्य रहेको बताइएको छ।’

बाढागढी गाउँपालिका–३ बाट ना ७ ख ६४४६ नम्बरको बस ४३ जना तीर्थयात्रु बोकेर शनिबार बिहान वीरगञ्ज नाका हुँदै बाबाधामका लागि हिँडेको थियो। तीर्थयात्रु बोकेको बस समस्तीपुरको मुसरीघरारी चोकमा र्दुघटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएकाहरूकाे नाम

गीता देवी, सीमा कुमारी, विश्वनाथ मुखिया बिंद, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, शिव कुमारी, सिपायति देवी, अमन प्रजापति, रामरती देवी, सुजिता कुमारी, राम किशोरी, राम नागेन्द्र साह, राम्भा साह, सुखिया देवी, लक्ष्मी राउत, रवीन्द्र कुमार, रामेश्वर साह, सुबोधप्रसाद साह, लक्ष्मण मुखिया, सुमन मिश्र, काजल कुमारी, किशोरी साह, उषा देवी।

प्रकाशित: ९ भदौ २०८१ १५:०१ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast