सुनकोशी दुर्घटना : बेपत्ता तीनै जना भक्तपुरका

हिमाल प्रेस ८ भदौ २०८१ २१:२७ | Saturday, August 24, 2024
सुनकोशी दुर्घटना : बेपत्ता तीनै जना भक्तपुरका सुनकाेशीमा बेपत्ता गाडी खाेज्दै गाेताखाेर

काठमाडौँ- मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशीमा खसेर बेपत्ता भएका तीन जनाको परिचय खुलेको छ। सुनकोसी नदीमा गाडी खसेर बेपत्ता भएका तीनै जना भक्तपुरका हुन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्लेका अनुसार दुर्घटनामा परेर सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय पुनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन्।

सोही ठाउँका २७ वर्षीय सुशान्त कक्षपति भने घाइते भएका छन्। उनी पौडिएर खोलाबाहिर निस्किएका थिए। कक्षपतिको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ। गाडीमा चार जना सवार थिए।

खोटाङको हलेसीबाट भक्तपुरतर्फ आइरहेको हाइलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर सुनकोशी नदीमा खसेको प्रहरी उपरीक्षक काफ्ले बताए। उनले गाडीको नम्बर खुल्न नसकेको बताएका छन्।

नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रुको खोजीकार्यका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको उनले जानकारी दिए।

प्रकाशित: ८ भदौ २०८१ २१:२७ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast