पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

हिमाल प्रेस ८ भदौ २०८१ १९:१३ | Saturday, August 24, 2024
पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

मलंगवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका–२ निवासी सञ्जय साहका छोरा ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ९ बजेतिर नुहाउन भनी घरबाट निस्किएका बालकको घर नजिकै रहेको रामजानकी मठको पोखरीमा डुबेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

मृतक बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीको डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रकाशित: ८ भदौ २०८१ १९:१३ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast