पोखरा- पोखरामा शुक्रबार स्कुटर दुर्घटनामा धौलागिरी दोहोरी साँझका म्यानेजर सुशान गुरुङको मृत्यु भएको छ। पोखरा ८, सिर्जनाचोकस्थित आकाशपुलको पोलमा उनी सवार ग २१ प ५४५० नम्बरको स्कुटर ठोक्किँदा घाइते उनलाई मेट्रो सिटी हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
पर्वत पैयुँका उनको निधनको शोकमा पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले शोक व्यक्त गर्दै शुक्रबार दोहोरी रेष्टुरेन्ट बन्द गरेको छ।
प्रकाशित: ८ भदौ २०८१ ८:४० | Saturday, August 24, 2024
प्रतिक्रिया




