सवारी दुर्घटना न्यूनीकरणका लागि जुटौँ : प्रचण्ड

हिमाल प्रेस ७ भदौ २०८१ १८:१७ | Friday, August 23, 2024
सवारी दुर्घटना न्यूनीकरणका लागि जुटौँ : प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पछिल्ला समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि जुट्न सबै पक्षलाई आग्रह गरे।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। थप मानवीय क्षति हुन नदिन घाइतेको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: ७ भदौ २०८१ १८:१७ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast