हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दियाे, तीन घाइते

हिमाल प्रेस ७ भदौ २०८१ ८:४५ | Friday, August 23, 2024
हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दियाे, तीन घाइते

काठमाडाैँ- हेटौँडामा आज बिहान ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन‍जना घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका-९ मास्टरचोकमा ग्यास बुलेटको ठक्करबाट कारमा सवार तीनजना घाइते भएका हुन्।

पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीकाे भनाइ छ।

उनकाे भनाइमा दुर्घटनामा कारमा सवार तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार कार चालक स्याङ्जाकाे अरुणचौपाही नगरपालिका-१ का ३३ वर्षीय चुँडाबहादुर विष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका-११ का ६३ वर्षीय पूरण श्रेष्ठ र लम्जुङ बेँसीसहर नगरपालिका- ८ की १७ वर्षीया नेहा राना मगर घाइते भएका हुन्।

घाइते तीनैजनाको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ भदौ २०८१ ८:४५ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast