बोत्सवानामा झण्डै साढे २५ सय क्यारेटको हिरा फेला, विश्वकै दोस्रो ठूलो भएको दाबी

हिमाल प्रेस ६ भदौ २०८१ २०:३९ | Thursday, August 22, 2024
बोत्सवानामा झण्डै साढे २५ सय क्यारेटको हिरा फेला, विश्वकै दोस्रो ठूलो भएको दाबी

बोत्सवाना (रासस/एएफपी)- बोत्सवानामा दुई हजार चार सय ९२ क्यारेटको ठूलो हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले जनाएको छ। कम्पनीले यसलाई विश्वको दोस्रो ठूलो हिरा भएको दाबी गरेको छ।

उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेसन’ विज्ञप्ति जारी गरेर जनाएको हो।

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन। तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा भएको दाबी गरिएको छ।

कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो। ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ।

बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार हिराको अवलोकन गरेका छन्।

प्रकाशित: ६ भदौ २०८१ २०:३९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast