परराष्ट्रमन्त्री राणा स्वेदश फिर्ता

हिमाल प्रेस ६ भदौ २०८१ १७:२६ | Thursday, August 22, 2024
परराष्ट्रमन्त्री राणा स्वेदश फिर्ता

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। पाँच दिने भारत भ्रमण सकिएर उनी बिहीबार स्वेदश फर्किएकी हुन्।

परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्ने बताएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस यजशंकरसँगको भेटमा बाढी, हवाइमार्ग, पञ्चेश्वरलगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन्।

राणाले यी विषयमा अगाडि बढ्न प्रधानमन्त्री मोदीले आफ्नो देशको संयन्त्रलाई आफूहरूकै अगाडि निर्देशन दिएको उल्लेख गरिन्। उनले भनिन्,‘उहाँले ध्यान दिएर सुन्नुभयो, नेपाललाई एकदमै माया गर्नु हुँदोरहेछ।’

परराष्ट्रमन्त्री राणाले आफ्नो यो भ्रमणपछि नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरूमार्फत संवाद सुरू हुने विश्वास व्यक्त गरिन्।
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा गत आइतबार भारत भ्रमणका लागि नयाँ दिल्ली गएकी थिइन्।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री मोदी, भारतीय समक्षी जयशंकर, सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी थिइन्।

प्रकाशित: ६ भदौ २०८१ १७:२६ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast