कमला पुल निर्माण : आमरण अनसन तेस्रो दिन पनि जारी

हिमाल प्रेस ६ भदौ २०८१ १४:५६ | Thursday, August 22, 2024
कमला पुल निर्माण : आमरण अनसन तेस्रो दिन पनि जारी

जनकपुरधाम- धनुषा र सिरहा जिल्ला जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सुरू भएको आमरण अननशन बिहीबार तेस्रो दिन पनि जारी छ।

कमला नदीमा पुल निर्माण माग गर्दै सिरहाका युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय गेट नजिकै आमरण अनशनमा बसेका हुन्। अनशनको तेस्रो दिन युवाहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको छ।

अनशनमा बसेका युवाहरुको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिन कुमार यादवले अनशनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताए।

उनका अनुसार खाना नखाएकाले उनीहरुको शरीरमा ग्लुकोज तथा पानीको मात्राको कमी देखिएको छ। उनले भने, ‘युवाहरुको इनर्जी लेवल डाउन भएको छ, शरिरलाई चाहिने तत्व स्लाइन पानीको माध्यमले दिएका छौँ।’

यता आन्दोलनको नेतृत्व गरिरहेका प्रविण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरुको अनशनलाई ‘स्टन्ट’ को संज्ञा दिएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले भने ‘हामी आफ्नो समस्या लिएर अनशनमा बसेका छौँ, मुख्यमन्त्रीजीलाई स्टन्ट लागिरहेको छ भने हामीलाई केही भन्नु छैन।’

आमरण अनशनमा बसेको ३ दिन भैसक्दा समेत प्रदेश सरकारबाट हालखबर बुझ्नसम्म कोही नआएको उनले बताए। उनले अनशन बसेको पहिलो दिन भौतिक मन्त्री सरोज यादव भेट्न आएपनि हाम्रो माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए।

प्रकाशित: ६ भदौ २०८१ १४:५६ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast