हुम्ला जिप दुर्घटना : घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

हिमाल प्रेस ६ भदौ २०८१ १३:२६ | Thursday, August 22, 2024
हुम्ला जिप दुर्घटना : घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका-१ का ३५ वर्षीय रमेश मल्ल छन्।

मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। मल्ल उक्त जिपका मालिक हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो। हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो।

प्रकाशित: ६ भदौ २०८१ १३:२६ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast