राष्ट्रियसभाबाट टीआरसी पारित पारित गर्ने कार्यसूची

हिमाल प्रेस ६ भदौ २०८१ ७:१९ | Thursday, August 22, 2024
राष्ट्रियसभाबाट टीआरसी पारित पारित गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभा बैठक पनि आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरु हुनेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टीआरसी), २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: ६ भदौ २०८१ ७:१९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast