परराष्ट्रमन्त्री राणासँगको भेटेपछि मोदीले भने : विकास साझेदारीलाई गति दिन तत्पर छौं

हिमाल प्रेस ३ भदौ २०८१ २२:३८ | Monday, August 19, 2024
परराष्ट्रमन्त्री राणासँगको भेटेपछि मोदीले भने : विकास साझेदारीलाई गति दिन तत्पर छौं भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमबार नयाँदिल्लीमा भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। तस्बिर स्रोत : भारतीय परराष्ट्र मन्त्रालय

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमबार साँझ भएको भेटपछि प्रधानमन्त्री मोदीले यस्तो बताएका छन्।

उनले भारत र नेपालबीच सभ्यताको घनिष्ठ सम्बन्ध रहेको समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर छौँ।’

परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको मोदीले उल्लेख गरेका छन्।

राणा भारतीय विदेशमन्त्री एस जयंशकरको निमन्त्रणमा ६ दिने औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्। प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुअघि उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। परराष्ट्रमन्त्री राणाको ६ भाद्रमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ भदौ २०८१ २२:३८ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast