प्रिमियर लिगमा सिटीको विजयी सुरुवात

हिमाल प्रेस ३ भदौ २०८१ ७:१५ | Monday, August 19, 2024
प्रिमियर लिगमा सिटीको विजयी सुरुवात

काठमाडौँ- साविक विजेता म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजय सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। सिटीको जितमा एर्लिङ हालान्ड र माटियो कोभाचिचले १-१ गोल गरे।

पहिलो हाफको १८ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। सिटीका लागि १ सयौँ खेल खेल्ने क्रममा हालान्डले सिटीका लागि तीन सिजनको सुरुवाती गोल गर्न सफल भएका छन्।

सन् २०२२ मा सिटीमा आवद्ध भएका हालान्डले टोलीका लागि ९१ औँ गोल गरेका हुन्। पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले गोलका लागि दोस्रो हाफको अन्तिम समयसम्म पर्खनुपर्‍यो। खेलको ८४ औँ मिनेटमा कोभाचिचको गोलमा सिटीले अग्रता दोब्बर पारेको थियो।

नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गरेको चेल्सीले भने हारका साथ नयाँ सिजनको सुरुवात गरेको छ। जितसँगै सिटीले अंक तालिकामा ३ अंक जोडेको छ। गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

प्रकाशित: ३ भदौ २०८१ ७:१५ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast