क्यानडा जाँदैहुनुहुन्छ, एक पटक बुझ्नुहोस् यी विषय

हिमाल प्रेस १ भदौ २०८१ ११:०६
10
SHARES
क्यानडा जाँदैहुनुहुन्छ, एक पटक बुझ्नुहोस् यी विषय

काठमाडौँ- क्यानडा जाने नेपाली विद्यार्थीका लागि क्यानडास्थित नेपाली राजदूतावासले विभिन्न विषयमा सुझाव दिएको छ।

राजदूतावासले नयाँ शैक्षिकमा अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको हो। दूतावासले क्यानडा बसाइँ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ।

दूतावासले वैशाख १७ मा जारी गरेको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने बताएको छ।

आफूले अध्ययन गर्ने अध्ययन गर्ने विषय, कलेज, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गरेको छ।

यस्तै, गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ।

अध्ययनका लागि क्यानडा जानुअघि पूर्व(क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली संघलगायत नेपाली डायस्पोराका संघ संस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउन सुझाव दिएको छ।

प्रकाशित: १ भदौ २०८१ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =