१५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुन्छ : कोइराला

हिमाल प्रेस ३० साउन २०८३ १६:१४ | Saturday, August 15, 2026
16
SHARES
१५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुन्छ : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

शनिबार संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको भन्दै समयसमयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने समेत उल्लेख गरे।

आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको र अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ छ। उनले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे। यदि परिस्थिति सोचेअनुरूप नभएमा थप छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए।

त्यस्तै नेता कोइरालाले बहुमत भए तापनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिए।

उनले वर्तमान सरकार ५ वर्ष टिक्ने वा बीचमै मध्यावधि चुनावमा जाने सम्भावनालाई राजनीतिमा नकार्न नसकिने धारणा राखे।

प्रकाशित: ३० साउन २०८३ १६:१४ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast