लिग वानमा पीएसजीको विजयी सुरुवात

हिमाल प्रेस १ भदौ २०८१ ८:०२ | Saturday, August 17, 2024
लिग वानमा पीएसजीको विजयी सुरुवात

काठमाडौँ- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले विजयी सुरुवात गरेको छ।

स्टेड ओसिएनमा भएको खेलमा ली हाभ्रेलाई पराजित गर्दै पीएसजीले लिग वानमा विजयी सुरुवात गरेको हो। लिग वानको पहिलो खेलमा जित हात पार्ने क्रममा पीएसजीले ली हाभ्रेलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो।

खेलको तेस्रो मिनेटमै ली काङ्ग इनले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रा दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको पीएसजी दोस्रो हाफको तेस्रो मिनेटमै गोल खान पुगेको थियो । खेलको ४८औँ मिनेटमा ली हाभ्रेका लागि गौटियर लोरिसले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए।

खेलको ८५औँ मिनेटमा उसामाने डेम्बेलेले गोल गर्दै पीएसजीलाई २-१ गोलअन्तरको अग्रता दिलाए। खेलको ८६औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै पीएसजीलाई ३-१ को अग्रता दिलाए।

त्यसपछि खेलको ९०औँ मिनेटमा पीएसजीले पेनाल्टी पायो। र, पेनाल्टीमा रान्डल कोलो मुआनीले गोल गरेपछि खेल पीएसजीले ४-१ गोलअन्तरले जित्यो।
जितसँगै साविक विजेता पीएसजीले ३ अंक जोडेको छ।

प्रकाशित: १ भदौ २०८१ ८:०२ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast