खोलामा डुबेर दुई बालिकाको मृत्यु

हिमाल प्रेस १ भदौ २०८१ ७:२० | Saturday, August 17, 2024
खोलामा डुबेर दुई बालिकाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- धनुषाको मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको जलाद खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो नुहाउन गएका दुई बालिका जमेको पानीमा तैरिरहेको देखेपछि स्थानीयले निकालेका थिए।

दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। भने घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रासस

प्रकाशित: १ भदौ २०८१ ७:२० | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast