प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात

हिमाल प्रेस १ भदौ २०८१ ७:१७ | Saturday, August 17, 2024
प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौँ- म्यानचेष्टर युनाइटेडले इंङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजय सुरुवात गरेको छ। जोसुआ जिर्कजी नायक बन्दा युनाइटेडले विजय सुरुवात सुखद गरेको हो।

गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुलहामलाई १–० गोल अन्तरले पराजित गर्यो। खेलको ८७ औँ मिनेटमा जिर्कजीको निर्णायक गोलमा युनाइटेडले अंक तालिकामा खाता खोलेको हो।

जितसँगै युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित फुलहम पुछारमा छ। लिगमा आज राति ६ खेल हुनेछन्।

लिभरपुलले यसै सिजन बढुवा भएको इप्सविच टाउनसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ। लिगभरपुलले पछिल्लो ६ वर्षमा ५ पटक बढुवा भएको टोलीसाग खेल्दै सिजनको सुरुवात गरेको छ।

आजै हुने अर्को खेलमा आर्सनलले वुल्भसविरुद्ध खेल्दैछ।

प्रकाशित: १ भदौ २०८१ ७:१७ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast