बंगलादेशमा सत्ता परिवर्तनपछि मोदी र युनुसबीच पहिलोपटक टेलिफोन वार्ता

हिमाल प्रेस ३२ साउन २०८१ १८:०७ | Friday, August 16, 2024
बंगलादेशमा सत्ता परिवर्तनपछि मोदी र युनुसबीच पहिलोपटक टेलिफोन वार्ता

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनवार्ता गरेका छन्। बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोदी र युनुसबीच पहिलोपटक कुराकानी भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुससँग टेलिफोनमा कुराकानी भएको जानकारी दिएका छन्।

मोदीले एक्समा लेखेका छन्,‘मोहम्मद युनुसले फोन गर्नुभयो, दुवै जनाले बंगलादेशको वर्तमान स्थितिबारे कुराकानी गर्‍यौँ।’

युनुसले बंगलादेशमा हिन्दूका साथै सबै अल्पसंख्यकहरूको सुरक्षाका लागि आश्वासन दिएको मोदीको भनाइ छ। उनले भनेका छन्,‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशका लागि मैले भारतको समर्थन दोहोराएको छु, उहाँले बंगलादेशमा हिन्दू र सबै अल्पसंख्यकको सुरक्षाका लागि आवश्वासन दिनुभएको छ।’

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनपछि शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पद छोडेर भारतमा शरण लिएकी थिइन्। बंगलादेशमा अहिले युनुस नेतृत्वको अन्तरिम सरकार रहेको छ। उनी नोवेल पुरस्कार विजेता अर्थशास्त्री हुन्।

प्रकाशित: ३२ साउन २०८१ १८:०७ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast