चिनावट बनिन् थाइल्यान्डकी प्रधानमन्त्री

हिमाल प्रेस ३२ साउन २०८१ १५:४७ | Friday, August 16, 2024
चिनावट बनिन् थाइल्यान्डकी प्रधानमन्त्री

काठमाडौँ- थाइल्यान्डको प्रधानमन्त्रीमा पाएटोन्गटार्न चिनावट नियुक्त भएकी छन्। थाइल्यान्डको संसदले उनलाई प्रधानमन्त्री नियुक्त गरेको हो। चिनावट त्यहाँका पूर्वनेता एवं अर्बपति टाकसिनकी छोरी हुन्।

३७ वर्षीया चिनावट थाइल्यान्डको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। साथै प्रधानमन्त्री बन्ने उनी दोस्रो महिला बनेकी छन्।

आन्टी यिंगलुक थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री थिइन्। पूर्वप्रधानमन्त्री श्रीथा टाविसिनलाई संवैधानिक अदालतले पदमुक्त गरेको ठीक दुई दिनपछि चिनावट प्रधानमन्त्री नियुक्त भएकी हुन्।

चिनावट र बर्खास्त भएका पूर्वप्रधानमन्त्री श्रीथा एटै फउ थाई पार्टीका नेता हुन्।

चिनावटको परिवारका चार सदस्य पनि यसअघि थाइल्यान्डका प्रधानमन्त्री भइसकेका छन्। उनका बुबा टाकसिन र काकी यिंगलकसहित तीन प्रधानमन्त्रीले संवैधानिक फैसलाका कारण पद छोड्नु परेको थियो।

प्रकाशित: ३२ साउन २०८१ १५:४७ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast