थाइल्यान्डका प्रधानमन्त्री बर्खास्त

हिमाल प्रेस ३० साउन २०८१ १६:३२
16
SHARES
थाइल्यान्डका प्रधानमन्त्री बर्खास्त

काठमाडौँ- थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थविसिन पदबाट बर्खास्त भएका छन्। थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री थविसिनलाई बर्खास्त गरेको हो।

थविसिनले नैतिकताको उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतले ठहर गरेको छ। बर्खास्त भएपछि ६७ वर्षीय थविसिन एक वर्षभन्दा पनि कम समयका लागि प्रधानमन्त्री रहे।

थविसिन पछिल्लो १६ वर्षमा थाइल्यान्डको संवैधानिक अदालतले बर्खास्त गरेको तेस्रो प्रधानमन्त्री हुन्। उनको ठाउँमा अन्तरिम प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसपछि संसदको बैठकबाट नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।

अदालतको फैसलापछि थविसिनले भने,‘मलाई आफ्नो इमानदारीमाथि पूरा भरोसा छ। मलाई खेद छ, तर अदालतको फैसलाबाट म अहसमत रहेको भन्ने मेरो भनाइ होइन।’

अदालतको पछिल्लो फैसलापछि थाइल्यान्डको राजनीतिमा थप अनिश्चितताको आशंका बढेको छ। त्यहाँ कैयौंपटक सत्ता हेरफेर भइसकेको छ। राजनीतिक अस्थिरताकै कारण सन् २०१४ मा त्यहाँ सैनिक शासन लागू गरिएको थियो।

प्रकाशित: ३० साउन २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast