बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिने

हिमाल प्रेस २८ साउन २०८१ १७:०८ | Monday, August 12, 2024
बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिने कमलबहादुर शाह।

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन ३० गते बुधबार विश्वासको मत लिने भएका छन्। जसका लागि बुधबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त शाहले सोही धाराको उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: २८ साउन २०८१ १७:०८ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast