खुल्यो कर्णाली राजमार्ग

हिमाल प्रेस २७ साउन २०८१ ८:३० | Sunday, August 11, 2024
खुल्यो कर्णाली राजमार्ग फाइल तस्बिर।

जुम्ला- पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो।

जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ। उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ।

पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए। स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन्।

प्रकाशित: २७ साउन २०८१ ८:३० | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast