तस्बिर : हेमराज थापाकाे फेसबुकबाट
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा युवाहरूले काठमाडौँमा र्याली निकालेका छन्।
घिसिङको समर्थनमा युवाहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेका हुन्।
र्यालीका क्रममा युवा र प्रहरीबीच झडप भएको छ। बानेश्वरबाट फर्किएर र्यालीमा सहभागी युवाहरू माइतीघर छेउमा आएर बीच बाटोमै बसेपछि प्रहरीले हटाउन खोजेपछि झडप भएको हो।
झडपपछि प्रहरीले प्रदर्शनकारी केही युवाहरूलाई नियन्त्रणमा लिएको छ।
कार्यकारी निर्देशक घिसिङको समर्थनमा निकालिएको र्यालीका सहभागीहरूले ‘विद्युत प्राधिकरण डुबाउन पाउँदैन, जनतालाई महँगीमार बिजुली चोरलाई कर छुट उपहार,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेको थिए।
प्रकाशित: २६ साउन २०८१ १८:०२ | Saturday, August 10, 2024
प्रतिक्रिया


