ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको निधन

हिमाल प्रेस २६ साउन २०८१ ८:२३
22
SHARES
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको निधन दुर्घटनाग्रस्त विमान।

काठमाडौँ- ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए। विमानमा सवार सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।

दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले पीडित परिवार र साथीहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्। अधिकारीहरूले उडान रेकर्डरहरू पुनःप्राप्त गरिएको बताएका छन्। फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने जनाएको छ।

विमान आवासीय क्षेत्रमा अवतरण भए पनि कोही पनि घाइते भएका छैनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्। ब्राजिलको नागरिक उड्डयन एजेन्सीले सन् २०१० मा निर्माण गरिएको विमान ‘हवाइ योग्यता प्रमाणपत्रसहित’ राम्रो सञ्चालन अवस्थामा रहेको बताएको छ।

एजेन्सीबाट

 

प्रकाशित: २६ साउन २०८१ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast