काभा भलिबल : ओलीले गरे सरस्वती चौधरीको प्रशंसा

हिमाल प्रेस २३ साउन २०८१ १९:४६ | Wednesday, August 7, 2024
काभा भलिबल : ओलीले गरे सरस्वती चौधरीको प्रशंसा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भलिवल खेलाडी सरस्वती चौधरीको प्रशंसा गरेका छन्।

काभा वुमेन्स नेसन्स लिग भलिबल प्रतियोगिताको अन्तिम नतिजा आएलगत्तै प्रधानमन्त्री ओलीले सरस्वतीको प्रशंसा गरेका हुन्।

‘तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको छ। बलियो प्रतिस्पर्धी भारतको सामना गरेको नेपालले खेलको अन्तिम सेट हार बेहोर्नुपरेको थियो।

प्रधानमन्त्री ओलीले नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि जित्न नसकेकोमा दुःख व्यक्त गरेका छन्। मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण प्रतियोगिता हेर्न जान नसकेको उनले बताएका छन्।

‘मन्त्रिपरिषदको आकस्मिक बैठकका कारण आज भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइन खेल हेर्न जान पाइनँ। तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरेँ,’ ओलीले भनेका छन्,‘नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौँ। तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो।’

एकपटकको हार सँधैको हार नभएको उल्लेख गर्दै उनले आफूहरू जित्ने बताएका छन्।

प्रकाशित: २३ साउन २०८१ १९:४६ | Wednesday, August 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast