मधेशका मुख्यमन्त्रीविरूद्ध कुर्सी बोकेर जसपा नेपालका युवाहरूको प्रदर्शन

हिमाल प्रेस २३ साउन २०८१ १९:२०
12
SHARES
मधेशका मुख्यमन्त्रीविरूद्ध कुर्सी बोकेर जसपा नेपालका युवाहरूको प्रदर्शन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट युवा संगठन समाजवादी युवासंघ नेपालले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहविरूद्ध प्रदर्शन गरेको छ।

समाजवादी युवा संघले मुख्यमन्त्री सिंहविरूद्ध बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदर्शन गरेको हो।
मुख्यमन्त्री सिंहले अरूको इशारामा संघीयता मास्न खोजेको समाजवादी युवा संघले आरोप लगाएको छ।

मंगलबार पाँच जना राज्यमन्त्री थपेर मन्त्रिपरिषदको संख्या २० पुर्‍याएपछि मुख्यमन्त्री सिंहको आलोचना भइरहेको छ। मन्त्रीको संख्या बढाएर संघीयतालाई बदनाम गरेर मास्ने षडयन्त्र भइरहेको समाजवादी युवा संघ नेपालले आरोेपलगाएको छ।

नेपालले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा चलेर मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद सदस्यको संख्या बढाएको समाजवादी युवा संघ नेपालको आरोप छ।

स्थानीय रामानन्द चाेकबाट सुरू भएकाे युवाहरूकाे विराेध प्रदर्शन नारा जुलुस लगाउँदै जनक चाेक पुगेर सकिएकाे थियाे।

सिंहले मंगलबार पाँच जना राज्यमन्त्री थपेका थिए। राज्यमन्त्रीहरू थपिएसँगै मधेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ। मधेश प्रदेशमा यो अहिलेसम्मकै सबैभन्दा बढी सदस्य भएको मन्त्रिपरिषद हो।

जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारको नेतृत्व जनमत पार्टीले गरिरहे पनि मन्त्री र मन्त्रालयको संख्या गठबन्धनका दुई ठूला दलले गर्ने गरेको प्रतिक्रिया दिएका छन्।

राज्यमन्त्री थपेपछि मुख्यमन्त्री सिंहको आलोचना हुन थालेपछि जनमतका अध्यक्ष राउतको यस्तो प्रतिक्रिया आएको हो। उनले भनेका छन्,‘बुझ्नुपर्छ ः यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन।’

मन्त्रालय र मन्त्री तोक्ने विषयमा आफूहरूको केही नचलेको उनको भनाइ छ।

‘गठबन्धन र खासगरी दुई ठूला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुनकुन मन्त्रालय कसले राख्ने,’ सामाजिक सञ्जालमा राउतले लेखेका छन्,‘यसमा हाम्रो केही चल्दैन, किनकि जनमत पार्टीको सिट संख्या मधेश प्रदेशमा निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामीविना मधेश सरकार बन्छ। त्यसैले हामीले चाहेरमात्र हुँदैन।’

प्रकाशित: २३ साउन २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =