घट्यो सुनको भाउ

हिमाल प्रेस २३ साउन २०८१ १२:०७
12
SHARES
घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, महासंघले आज तेजाबी सुनको मूल्य उल्लेख गरेको छैन।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २३ साउन २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =