राष्ट्रसंघले भन्यो : मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छौँ

हिमाल प्रेस २२ साउन २०८१ ७:१७
10
SHARES
राष्ट्रसंघले भन्यो : मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छौँ

काठमाडौँ- मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चयुक्त भोल्कर टर्कले सोमबार गाजा युद्ध फैलिने डरले मध्यपूर्वमा तत्काल तनाव कम गर्न आह्वान गरेका छन् ।

‘म मध्यपूर्वमा व्यापक द्वन्द्वको बढ्दो जोखिमप्रति अत्यन्त चिन्तित छु र प्रभावशाली राज्यहरूसहित सबै पक्षलाई अत्यन्तै अनिश्चित अवस्था बनेको छ भनेर तुरुन्तै कदम चाल्न आग्रह गर्दछु’, टर्कले भने ।

इरानले सोमबार तेहरानमा प्यालेस्टिनी सशस्त्र समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको गत हप्ता भएको हत्यामा इजरायललाई दण्ड दिने ‘कानूनी अधिकार’ रहेको बताएको छ ।

हानियाको हत्याबारे इजरायलले कुनै टिप्पणी गरेको छैन तर बेरुतमा आक्रमण गरेको स्वीकार गरेको छ । बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको मृत्यु भएका थियो । अहिले इजरायल र लेबनानमा हिजबुल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।

प्रकाशित: २२ साउन २०८१ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast