एक बर्षमा बैंकहरूले ६४ अर्ब १६ करोड नाफा कमाए

हिमाल प्रेस २१ साउन २०८१ १५:३६
8
SHARES
एक बर्षमा बैंकहरूले ६४ अर्ब १६ करोड नाफा कमाए

काठमाडौँ- गत आर्थिक वर्षमा बैंकहरूले ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। आज सार्वजनिक भएको बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक बर्षको तुलना यस बर्ष बैंकहरूको खुद नाफा १३.४० प्रतिशत बढेको छ।

गत आर्थिक बर्षमा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ। यस बर्ष नबिल बैंकको खुद ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ नाफा छ। यस बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४० करोड ४९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको सार्वजनिक रिपोर्टमा छ। गत आर्थिक बर्षमा नबिल बैंकको १०.२३ प्रतिशतले नाफा वृद्धि भएको छ।

यस्तै, गत आर्थिक बर्षमा प्रभू बैंक अधिक नाफा कमाएको छ। यस बैंकले गत आर्थिक बर्षमा १४९९ प्रतिशतभन्दा बढी नाफा कमाएको छ। गत आर्थिक बर्षमा प्रभु बैंकले ४ अर्ब ४८ करोड भन्दा बढी छ। अघिल्लो आर्थिक बर्षमा २८ करोड २ लाख १९ हजार रुपैयाँ मात्र नाफा थियो।

गत आर्थिक बर्षमा बैंकको नाफा

प्रकाशित: २१ साउन २०८१ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =