बालविकासदेखि विद्यालय कर्मचारीसम्मकाे कार्यक्रम कार्यान्वयन कार्यविधि जारी

हिमाल प्रेस २१ साउन २०८१ १५:४३
13.0k
SHARES
बालविकासदेखि विद्यालय कर्मचारीसम्मकाे कार्यक्रम कार्यान्वयन कार्यविधि जारी

काठमाडाैँ-  शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले कार्यक्रम कार्यान्वयन कार्यविधि (आर्थिक वर्ष २०८१/८२) जारी गरेकाे छ।

कार्यविधि स्थानीय र प्रदेश तहमा ससर्त अनुदान एवम् शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित छ। उक्त कार्यविधिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को यही साउन ११ गतेको निर्णयबाट स्वीकृत गरिएकाे हाे।

शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन हुने वार्षिक कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न तथा कार्यान्वयनमा एकरूपता ल्याउनका लागि तयार गरिएको छ केन्द्रले जनाएकाे छ।

यो कार्यक्रम कान्वयन कार्यविधि विनियोजन ऐन, २०२१ को दफा ११ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको हो।

यस कार्यक्रम कार्यान्वयन कार्यविधिमा उल्लेख गरिएका विधि र प्रक्रियाका आधारमा वित्तीय अनुशासन कायम राखी सम्बद्ध निकायहरूबाट पारदर्शीरूपमा कार्यक्रम कार्यान्वयन गर्न मदत पुग्ने अपेक्षा गरिएको छ।

कार्यविधिकाे विषय सूचीमा विद्यालय शिक्षा क्षेत्र योजना,योजनाको दीर्घकालीन सोच, योजनाका कार्यक्रमका क्षेत्रगत उद्देश्यहरू, प्रारम्भिक बालविकास तथा शिक्षा, अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ

कार्यक्रम कार्यान्वयन कार्यविधिको उद्देश्य, कार्यक्रम कार्यान्वयनसम्बन्धी मार्गदर्शन, शिक्षक कर्मचारीका कुरा, शिक्षकको तलबभत्तालगायतका कुरा समेटिएका छन्।

यस्ताे छ कार्यविधि 

प्रकाशित: २१ साउन २०८१ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =