काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले ३४४ सदस्यीय केन्द्रीय कमिटीलाई बैठकले पूर्णता दिएको जानकारी दिए।
केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि एकीकृत समाजवादीले पदाधिकारी मनोनित गर्न सकेको छैन। आकांक्षी धेरै भएपछि पदाधिकारीको टुंगो लाग्न नसकेको हो। प्रवक्ता खतिवडाले केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि पदाधिकारी चयन हुने बताए।
एकीकृत समाजवादीको विधानमा २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ।
केही दिनअघि सम्पन्न महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, ‘सम्मानित’ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो।
यी हुन् थपिएका केन्द्रीय सदस्यहरू


