काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहजरूपमा रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिट मार्फत सहजरूपमा नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्।
यसरी ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभर रहेका आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार अब कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरूपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

