मुखमा कालो टेप टाँसेर सडकमा उत्रिए सहकारी पीडित

हिमाल प्रेस १७ साउन २०८१ १३:३८
18
SHARES
मुखमा कालो टेप टाँसेर सडकमा उत्रिए सहकारी पीडित

काठमाडौँ– आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौँमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्।

देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन्। सहकारीमा समस्या समाधानका लागि भएको सहमति ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव सांङ्लो बनाए विरोध गरेका हुन्।

सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरूलाई सडकमा उतारेको हो। सहकारी पीडितहरूले माइतघीर हुँदै काठमाडौँको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गर्दै सरकारलाई दबाब दिएका हुन्।

प्रकाशित: १७ साउन २०८१ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =