१८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

हिमाल प्रेस १६ साउन २०८१ ११:०१
8
SHARES
१८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ-  नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढ्दै १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख ४७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता चाँदीको मूल्य भने आज तोलमा ४० रुपैयाँले बढ्दै १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १६ साउन २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =