माओवादी ०८४ को चुनाव एक्लै लड्ने, प्रचण्ड भन्छन् – कुरा बुझ्न देशैभर जान्छु

हिमाल प्रेस १५ साउन २०८१ १७:१७ | Tuesday, July 30, 2024
माओवादी ०८४ को चुनाव एक्लै लड्ने, प्रचण्ड भन्छन् – कुरा बुझ्न देशैभर जान्छु फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सुखदुःख बुझ्न देशैभर जाने बताएका छन्। आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा जवाफ दिनेक्रममा उनले पार्टी र जनताको सम्बन्ध टुटेको आभाष भएको बताउँदै कुरा बुझ्न देशैभर जाने बताएका हुन्।

‘हाम्रो जनतासँगको सम्बन्धको कडी टुटेको छ। म देशैभरी जनतासँग एकाकार हुन, सुखदुख बुझ्न र सुन्नका लागि देशैभर जाने इच्छा छ’ प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्नि सापकोटाले भने।

बैठकमा प्रचण्डले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र बैठकलगत्तै काठमाडौँ बाहिर जाने बताएको सापकोटाको भनाइ छ।  ‘म एक पटक देशव्यापी रुपमा जनताको माझ जान्छु, फेरि अर्को स्तरको विचार संश्लेषणको आवश्यकता छ’ प्रचण्डले भने।

उनले आजको बैठकले साउन २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको बताए।  यस्तै बैठकले ०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए। बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे वृहत् छलफल भएको उनले जानकारी दिए।

प्रकाशित: १५ साउन २०८१ १७:१७ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast