काठमाडौँ- पतञ्जलि आयुर्वेदमाथि भारतीय चार करोड रूपैयाँ जरिवाना लगाइएको छ। अगस्त २०२३ मा दिइएको एक आदेशलाई अपहेलना गरेपछि बम्बे उच्च अदालतले पतञ्जलीलाई यो जरिवाना गरेको हो।
बम्बे हाइकोर्टले अगस्त २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपुरको बिक्रीमाथि रोक लगाउन आदेश दिएको थियो। अदालतको आदेशविपरित गरेको भन्दै पतञ्जलिमाथि जरीवाना लगाइएको हो।
मंगलम अर्गेनिक्सले रिट दायर गर्दै कपुर उत्पादनमा पतञ्जलिले उसको ‘ट्रेडमार्क’ उल्लंघन गरेको आरोप लगाएको थियो। रिटमाथि सुनुवाइ गर्दै अदालतले पतञ्जलिलाई कपुर उत्पादनको बिक्री नगर्न आदेश दिएको थियो।
अदालतको आदेशविपरित पतञ्जलिले कपुर उत्पादनको बिक्रीलाई यथावत राखेको पाइएको थियो।
२ जुलाईमा पतञ्जलिले अदालतसँग माफी माग्दै आदेश पालना गर्ने जनाएको थियो।
तर, आदेशविपरित कपुर उत्पादनको बिक्रीलाई जारी राखेकोले पतञ्जलिमाथि चार करोड जरिवाना गर्ने आदेश भएको उच्च अदालत बम्बेले जनाएको छ।