सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा : गृहमन्त्री

हिमाल प्रेस १४ साउन २०८१ १३:५४
4
SHARES
सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा : गृहमन्त्री रमेश लेखक।

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए। उनले भने,‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। देशविदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो। यस्तै छानविन समिति संयोजक सूर्य थापाले सहकारी सम्बन्धी मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए।

गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको जबाफ दिएका थिए। यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताएका थिए।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त कुँवर पनि सहभागी थिए।

प्रकाशित: १४ साउन २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast