शिक्षक रिक्त दरबन्दी विवरण पठाउन केन्द्रकाे पुन: ताकेता

हिमाल प्रेस १४ साउन २०८१ १२:४४
402
SHARES
शिक्षक रिक्त दरबन्दी विवरण पठाउन केन्द्रकाे पुन: ताकेता

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा) सानोठिमी भक्तपुरले रिक्त दरबन्दी विवरण पठाउन पुनः ताकेता गरेकाे छ। केन्द्रले (साउन ११ गते)  शुक्रबार ताकेता पत्र पठाउँदै विवरण उपलब्ध गराउन बाँकी सबै शिक्षा विकास तथा समन्वय एकाइलाई विवरण पठाउन अनुराेध गरेकाे हाे।

पत्रमा भनिएकाे छ,‘प्रस्तुत विषयमा शिक्षक सेवा आयोगको च.नं. ६८२. मिति २०८१/०२/१६ को पत्राअनुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउनु पर्ने भएकोले यस केन्द्रको च.नं. २३७ मिति २०८१/०२/२३ मा २०८१ वैशाख १ गतेदेखि २०८१ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दीको विवरण अनिवार्य रुपमा तपसिल बमोजिमको तोकिएकै ढाँचामा तयार गरी २०८१/०३/२३ गते भित्र सो को soft copy (Excel sheet) र hardcopy (signed and scanned) समेत [email protected] मा पठाउनु भनि पत्राचार गरिएको सो सम्बन्धमा हालसम्म पनि केही जिल्लाबाट विवरण आउन बाँकि रहेकोले मिति २०८१/०४/१९ गते भित्र अनिवार्य रुपमा यस केन्द्रमा पठाउनु हुन साथै तोकिएको समय भित्र विवरण प्राप्त नभइ विज्ञापन हुनबाट बञ्चित हुन गएमा शिक्षा विकास तथा समन्वय एकाइ स्वयम जिम्मेवार रहने व्यहोरा निर्देशानुसार अनुरोध छ।’

खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहको रिक्त विवरण नपठाउन तथा सो पदमा कुनै पनि व्यहोराले पदपूर्ति नगर्नु नगराउन अनुराेध गरिएकाे छ।

त्यस्तै गत वर्षको विज्ञापनबाट पदपूर्ति हुन नसकेका पद संख्या समावेश नगर्न र मावि तहमा गणित-विज्ञान विषय नहुने भएकाले गणित वा विज्ञान विषयमा अलगअलग विषयगत रिक्त विवरण मात्र माग गर्न पनि अनुराेध गरिएकाे छ। त्यस्तै ऐच्छिक विषयमा विषय स्पष्ट खुलाइ पठाउन केन्द्रले अनुराेध गरेकाे छ।

यस्ताे छ ताकेता पत्र र ढाँचा

 

 

 

 

प्रकाशित: १४ साउन २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =