सुनको मूल्य ४ सयले बढ्यो

हिमाल प्रेस १४ साउन २०८१ ११:२२
10
SHARES
सुनको मूल्य ४ सयले बढ्यो

काठमाडौँ- सुनको मूल्य आज तोलामा चार सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार एक सय निर्धारण भएको छ।

आइतबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार चार सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय ५० निर्धारण भएको छ। रासस

प्रकाशित: १४ साउन २०८१ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast