कति छ आज फलफूल र तरकारीको मूल्य?

हिमाल प्रेस १४ साउन २०८१ ८:५० | Monday, July 29, 2024
कति छ आज फलफूल र तरकारीको मूल्य?

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९सोमबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ।

कालीमाटीमा आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा ७५, आलु ६८, प्याज ८२, गाँजर १०६, बन्दा ४५, ज्यापु काउली ९६, सेतो मुला २१, भन्टा ५५, करेला ४६, लौका ३६, घिरौँला ३४, हरियो फर्सी ५६, कन्य च्याउ १९२, डल्ले च्याउ ३००, कुरिलो ३३३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो गोलभेँडा ७५, रातो आलु ६७, गाँजर ११०, बन्दा ४०, काउली ७५, मुला २२, भन्टा ५५, करेला ५५, लौका ३५, परबल ५५, हरियो फर्सी ६८, भिण्डी ४५, कन्य च्याउ १८६, कुरिलो ३२६, डल्ले च्याउ २९०, घिरौँला ५० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १४ साउन २०८१ ८:५० | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast