निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटी बुझाएर रिहा

हिमाल प्रेस १३ साउन २०८१ १९:२८ | Sunday, July 28, 2024
निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटी बुझाएर रिहा बैकुण्ठ अर्याल

काठमाडौँ- भ्रष्टाचार मुद्दामा पक्राउ परेका निलम्बित मुख्सचिव वैकुण्ठ अर्याल ५० हजार धरौटी बुझाएर रिहा भएका छन्। अर्याल आइतबार धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले अर्यालसँग ५० हजार धरौटी माग गर्न आदेश दिएको थियो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले आइतबार भएको आदेशपछि अर्यालले धरौटी रकम बुझाएको जानकारी दिए।

‘पचास हजार माग भै, सो धरौटी राखेर तारेखमा बस्नु भएको हो,’ रेग्मीले भने।

यो प्रकरणमा ७ जना अदालतमा उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकीरहेको उनले जानकारी दिए।

सुरक्षण मुद्रण केन्द्रले अन्तः शुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग आयोगले मुख्यसचिव अर्यालसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अर्याल २०७८ साउन २७ देखि २०७९ चैत १४ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए।

प्रकाशित: १३ साउन २०८१ १९:२८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast