रास्वपाको निर्णयविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल

हिमाल प्रेस १३ साउन २०८१ १२:४८ | Sunday, July 28, 2024
रास्वपाको निर्णयविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाल आफूलाई कारबाही गर्ने पार्टीको निर्णविरुद्ध निर्वाचन आयोग पुगेका छन्। उनले आज आइतबार आयोगलाई पत्र लेख्दै आफ्नो कारबाहीबारेको पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न भनेका हुन्।

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ उनले आयोगलाई भनेका छन्।

आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन्।

प्रकाशित: १३ साउन २०८१ १२:४८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast