आज कति छ विदेशी मुद्राको विनिमयदर?

हिमाल प्रेस १३ साउन २०८१ ६:१४
24
SHARES
आज कति छ विदेशी मुद्राको विनिमयदर? राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन।

अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

 युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।

 कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

प्रकाशित: १३ साउन २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =