धनगढीको नोभा अस्पताल विवाद : सहमतिपछि शव बुझ्न पीडितपक्ष तयार

हिमाल प्रेस १२ साउन २०८१ २१:०९ | Saturday, July 27, 2024
धनगढीको नोभा अस्पताल विवाद : सहमतिपछि शव बुझ्न पीडितपक्ष तयार

काठमाडौं- कैलालीको धनगढीको नोभा अस्पतालमा उत्पन्न तनाव साम्य भएको छ।

अस्पताल र पीडितपक्षबीच सहमति भएपछि अस्पतालमा उत्पन्न तनाम साम्य भएको हो।

धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर तनाव उत्पन्न भएको थियो।

अस्पतालले पीडित पक्षलाई क्षतिपूर्ति दिने पीडितपक्षले तोडफोडमा भएका क्षतिको खर्च बेहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सहमति भएसँगै शुक्रबारदेखि अस्पतालमा रहेको शव पीडितपक्ष बुझ्न तयार भएका छन्।

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गंगादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली प्रहरीको तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको बताए।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले पनि केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

चिकित्सकको लापबारहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडपछि अस्पतालमा क्षति पुगेको छ।

जन्डिस भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको शुक्रबार मृत्यु भएको थियो।

आफन्तले उपचारमा चिकित्सकले लापारबाही गर्दा मृत्यु भएको आरोप ललगाएका छन्।

तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको अस्पताल आसपासमा आज दिनभर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

उपचारमा संलग्नचिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्तिन नदिएसम्म शव नउठाउने मृतकका आफन्तले बताएका छन्।

निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापारबाही नभएको बताएका छन्।

प्रकाशित: १२ साउन २०८१ २१:०९ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast