सडक र सदनलाई जोडेर प्रभावकारी प्रतिपक्षी बन्नुपर्छ : प्रचण्ड

हिमाल प्रेस ११ साउन २०८१ १७:५३ | Friday, July 26, 2024
सडक र सदनलाई जोडेर प्रभावकारी प्रतिपक्षी बन्नुपर्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासन र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको बताएका हुन्।

सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए।

शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरूले धारणा राखेका थिए। उनीहरूले संघर्षका रुपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए।

पदाधिकारी बैठकले पार्टीलाई रुपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनको भनाइ छ। शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८१ १७:५३ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast