गौशाला २६ को निवेदन : सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नजाने

हिमाल प्रेस ११ साउन २०८१ १७:३६ | Friday, July 26, 2024
गौशाला २६ को निवेदन : सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नजाने सन्दीप लामिछाने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा गौशाला-२६ पुनरावेदन नजाने भएकी छन्। जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो।

उच्चमा मुद्दा हारेकी गौशाला-२६ पुनरावेदन नजाने भएसँगै लामिछानेको यो मुद्दा अब भने टुंगिनेतिर गएको देखिन्छ। उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ आइसकेको छ। पूर्णपाठ आएपछि गौशाला-२६ पुनरावेदन जाने अपेक्षाविपरीत नजाने निर्णयमा पुगेकी हुन्।

गौशाला-२६ ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा आफ्नो मुद्दा पुनरावेदन नगर्न भन्दै निवेदन दिएकी छिन्। उनले निवेदन दिए पनि सरकारी वकिल कार्यालय भने पुनरावेदन जान पाउँछ।

तर, पीडित भनिएकी गौशाला-२६ ले नै पुनरावेदन नगर्ने भनेपछि अब यो मुद्दा कमजोर बनेको छ। यद्यपि, जिल्ला सरकारी वकिल कार्यालय पुनरावेदन जाने वा नजाने भन्ने निर्णयमा पुगिसकेको छैन।

उता लामिछाने फ्रेन्चाइज क्रिकेट खेल्न हाल क्यानडा पुगेका छन्।

प्रकाशित: ११ साउन २०८१ १७:३६ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast