रास्वपाले भन्यो : सौर्य एयरको जहाज दुर्घटनामा क्यान दोषी छ

हिमाल प्रेस १० साउन २०८१ १५:०३
24
SHARES
रास्वपाले भन्यो : सौर्य एयरको जहाज दुर्घटनामा क्यान दोषी छ शिशिर खनाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान)को नेतृत्व दोषी रहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद खनालले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा क्यानको नेतृत्व दोषी रहेको बताएका हुन्। उनले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी पनि क्यानले लिनुपर्ने बताए।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

सांसद खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बिजनेस प्लानको दस्तावेज आफूहरूले नपाएको बताए। ‘पोखरा विमानस्थलको बिजनेस प्लानको डकुमेन्ट पाएका छैनौँ। त्यो उपलब्ध गराइदिन मन्त्रीज्यूलाई अनुरोध छ,’ उनले भने।

प्रकाशित: १० साउन २०८१ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =