विमान दुर्घटना अपडेट : १८ जनाको मृत्यु

हिमाल प्रेस ९ साउन २०८१ १३:१६ | Wednesday, July 24, 2024
विमान दुर्घटना अपडेट : १८ जनाको मृत्यु त्रिभुवन विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान। तस्बिर स्रोत : नेपाली सेना

काठमाडौँ- सौर्य एयरलाईन्सको सीआरजेसेभेन जहाज दुर्घटनामा १८ जनाको हुनेको संख्या १८ जना पुगेको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार १८ वटा शव संकलन गरिएको हो।

एकजना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। विमानस्थलमा १९ जना चढेका थिए। विमान काठमाडौँबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिएको थियो।

त्यसपछि रनवेको पूर्वतिर रहेकी स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको केन्द्रले जनाएको छ। तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिइएको र १८ जनाको शव संकलन गरिएको केन्द्रको विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा परेकाहरूको नामावली
क्याप्टेन :  मनीष शाक्य
कोपाइलट:  एस कटुवाल
अमितमान महर्जन
सागर आचार्य
दिलीप वर्मा
मनुराज शर्मा
अश्विन निरौला
सुदीपलाल जोशी
सर्वेश मरासिनी
श्याम विन्दुकार
नवराज आले
राजाराम आचार्य
प्रिजा खतिवडा
अधिराज शर्मा
उद्धव पुरी
यज्ञप्रसाद पौड्याल
सन्तोष महतो
पुण्यरत्न शाही
एरिफ रेडा

प्रकाशित: ९ साउन २०८१ १३:१६ | Wednesday, July 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast